आयोजक सहारा धरानसँग पराजित

पाेखरा | पुस १४, २०७९

आयोजक सहारा धरानसँग पराजित

पोखराः    धरान फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई पराजित गरेको छ ।


पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले पाखा लगाउदै धरानले अन्तिम ८ मा प्रवेश गरेको हो ।


धरानको जीतमा प्रकाश बुढाथोकीले खेलको पाँचौं मिनेटमा निर्णायक गोलको योगदान दिए । टिमले पाएको फ्रिकिकलाई सदुपयोग गर्दै गोल गरेका थिए ।


पोखरामा जारी प्रतियोगितामा भोलि चर्च व्याइज र नेपाल पुलिसबीच खेल हुनेछ । 


हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ ।


क्बलबा अध्यक्ष सुरज गुरुङका अनुसार  डिफेन्डिङ च्याम्पियन एपीएफ क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए,  त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।


प्रतियोगिताको विजेता टोलीले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्